
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केहि जिम्मेवारी हेरफेर गरेको छ ।
मंगलबारको मन्त्रिस्तरीय निर्णयअनुसार विद्युत विकास विभागका महानिर्देशकमा सागरराज गौतमलाई नियुक्त गरिएको छ । गौतम मन्त्रालयमा विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखामा सहसचिव थिए । यस्तै, महानिर्देशक मनदेवी श्रेष्ठलाई भने मन्त्रालय तानिएको छ ।
यस्तै, मन्त्रालयले सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारीपनि हेरफेर गरेको छ । विभागका महानिर्देशक मित्र बराललाई मन्त्रालय तानिएको छ । उनको स्थानमा मन्त्रालय कार्यक्रम, बजेट तथा अनुगमन महाशाखाका सहसचिव महेश श्रेष्ठलाई नियुक्त गरिएको छ ।





प्रतिक्रिया