नागढुंगा सुरुङमार्गको उद्घाटन अघि स्थानीयले किन गरे बिरोध प्रदर्शन ?

147
Shares

काठमाडौं । मुलुकको पहिलो आधुनिक यातायात सुरुङमार्ग, नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन हुँदैछ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जाइकाका प्रमुख लगायतका अधिकारीहरूको उपस्थितिमा यो ऐतिहासिक परियोजनाको उद्घाटन हुन लागेको हो ।

उद्घाटनपश्चात् निर्माण पक्षले सुरुङमार्ग विधिवत् रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

सुरुङमार्ग सञ्चालनमा आउन लाग्दा चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दाले भने आफ्ना मागहरू सम्बोधन नभएको भन्दै विरोध जनाएका छन् ।

‘नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समिति’ को ब्यानरमा प्रदर्शनमा उत्रिएका स्थानीयले आयोजना प्रभावितलाई रोजगारीको ग्यारेन्टी, आकाशेपुल निर्माण र सडक पेटी फराकिलो बनाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्थासँगै निर्माणाधीन फ्लाई ओभरको नाम ‘किसिपिडी फ्लाई ओभर’ राख्न माग गरेका छन् ।