१८ दिनको उपचारपछि दीपाश्री निरौला अस्पतालबाट डिस्चार्ज

140
Shares

काठमाडौं । चर्चित निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला १८ दिनको अस्पताल बसाइपछि बिहीबार डिस्चार्ज भएकी छन् ।

मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालले घर पठाएको हो ।

फिल्म ‘छ माया छपक्कै २’ को छायांकनका क्रममा अचानक अस्वस्थ भएकी दीपाश्रीको परीक्षण गर्दा मस्तिष्कमा ट्युमर देखिएको थियो । अस्पतालका अनुसार उनको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको छ ।

उनका सहकर्मी एवं अभिनेता दीपकराज गिरीले दीपाश्री घर फर्किएको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘दीपाजीले आफ्नो १८ दिने संघर्षलाई महाभारतको युद्धसँग तुलना गर्नुभएको छ ।’

अस्पतालबाट बाहिरिने क्रममा दीपाश्रीले ४० वर्ष कटेका सबैलाई एकपटक मस्तिष्कको परीक्षण गराउन सुझावसमेत दिएकी छन् । उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी र शुभकामना दिने सबैप्रति आभार व्यक्त गरेकी छन् ।

दीपकराज गिरीले यस्तो लेखे

१८ दिन पछि अस्पताल बाट निस्कदै गर्दा

दीपाजीले भन्नु भयो ‘महाभारत यु्द्द पनि १८ दिन नै भएको थियो रे ! मेरो जीवनमा अप्रत्यासित ढंगले आएको रोग संगको संघर्ष पनि १८ दिन नै चल्यो ।’

सम्पूर्ण शुभेच्छुकहरू, उपचारमा संग्लग्न स्वास्थ्यकर्मीहरू
अस्पतालमा आएर उहॅालाइ आशीर्बाद प्रदान गर्नु हुने सम्पूर्ण महानुभाबहरू लाइ धन्यबाद दिदै , ४० काटेपछि एकपल्ट
मस्तिस्कको अबस्था परिक्षण गर्नु हुन सबैलाइ अनुरोध गर्नु भएको छ ! जय पशुपतिनाथ !!!