
काठमाडौं । नेपाली बजारमा पेप्सीसहित अन्य विभिन्न प्रकारका पेय पदार्थ उत्पादन गर्ने वरुण बेभरेज नेपालले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब ६ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ५ अर्ब ८७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा ८ अर्ब ५४ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा ७ अर्ब ७४ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ८ अर्ब २ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
गत आवको ९ महिनाको अवधिमा कम्पनीले कुल आम्दानीमध्ये सञ्चालन नाफा मार्जिन २७.६ प्रतिशत रहेको छ । सन् २०२४ मा यस्तो मार्जिन २५.५ प्रतिशत थियो । कम्पनीका अनुसार उक्त मार्जिन सुधार हुनुमा बिक्री मूल्यमा भएको वृद्धि र सञ्चालन खर्चमा गरिएको नियन्त्रणका कारण भएको उल्लेख छ । कम्पनीको कम ऋणको स्तर र पर्याप्त आन्तरिक नगद सञ्चितीका कारण पुँजी संरचना तथा ऋण भुक्तानी क्षमता निकै सहज अवस्थामा रहेको छ ।
गत आवको ९ महिनाको अवधिमा कुल गियरिङ ०.४ गुणा रहेको छ । सन् २०२५ को सोही अवधिमा ०.२ गुणा थियो । कम्पनीको ब्याज कवरेज क्षमता अनुपात २७ गुणा रहेको छ । कुल ऋण÷सञ्चालन मार्जिन अनुपात ०.८ गुणा रहेको छ ।
सन् १९८५ मा स्थापना भएको कम्पनी नेपालको लागि पेप्सीको इन नेपालको आधिकारि बोटलर हो । कम्पनीको पेप्सीकोला, काठमाडौं र नवलपरासीमा उत्पादन युनिट छन् । कम्पनीले पेप्सीसँगै माउन्टेन ड्यु, स्लाइस, मिरिन्डा, सेभेन अप, अक्वाफिना, सोडा, स्टिङ ब्रान्डको पेय पदार्थ उत्पादन गर्दै आएको छ । कम्पनी भारतको वरुण वेभरेजको सहायक कम्पनी हो ।
कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ४७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।





प्रतिक्रिया