
काठमाडौं । गएरातिदेखि सवारी आवागमन रोकिएका काठमाडौं-मुग्लिन र नारायणगढ–मुग्लिन सडकखण्ड पुन: सञ्चालनमा आएको छ ।
राति कतै वर्षा, बाढी र पहिरोको असर नपरेपछि आज बिहानैबाट सवारी साधन आवागमन खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वर्षा, बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले गएराति १० बजेदेखि सवारी सञ्चालन गर्न रोक लगाएको थियो । आज बिहान ६ बजेदेखि नै सडक सञ्चालनका लागि खुला गरिएकबो हो ।





प्रतिक्रिया