पर्यटन बोर्डको सदस्यमा पाँच जना नियुक्त, सीईओ छनोटको बाटो खुल्यो

0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार पर्यटन बोर्डको बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेको छ। पर्यटन मन्त्रालयका अनुसार डा. सोविता श्रेष्ठ ढकाल, पेम्बा शेर्पा, खुमबहादुर सुवेदी, सन्तोष पोखरेल र सृजना केसी बोर्डमा सञ्चालक समिति सदस्यका रुपमा नियुक्त भएका हुन् ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने नेतृत्वको समितिले गरेको सिफारिसका आधारमा पर्यटन मन्त्री खडकराज पौडेलले उनीहरुलाई नियुक्ति गरेका हुन्। नयाँ सदस्यहरूको आगमनसँगै वैशाख १९ देखि रिक्त रहेको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाले पनि अगाडि बढ्ने भएको छ ।

बाेर्ड सदस्य नियुक्त भएसँगै बोर्डको आगामी आवको बजेट निर्माण पनि सुरु हुने भएको छ । बोर्ड सदस्य नभएर रोकिएको यो काम अब तुरुन्तै सुरु हुने पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले बताए ।

Skip This