अनर ६०० सिरिज अफर थपियो, के के छन् सुविधा ?


काठमाडौं । स्मार्टफोन अपग्रेड गर्ने सोचमा हुनुहुन्छ ? अब त्यसका लागि योभन्दा राम्रो अवसर नहुन सक्छ ।

अनरले आफ्नो लोकप्रिय अनर ६०० र अनर ६०० प्रोमा लागू गरिएको विशेष अफरको अवधि थप गरेको छ ।

अब ग्राहकहरूले अत्याधुनिक एआई प्रविधियुक्त स्मार्टफोन खरिद गर्दा आकर्षक निःशुल्क उपहार प्राप्त गर्ने अवसर जुलाई ३१, २०२६ सम्म पाउनेछन् ।

सीमित अवधिका लागि अनर ६०० फाइभजी वा अनर ६०० प्रो फाइभजी खरिद गर्ने प्रत्येक ग्राहकले १५ हजार ९९९ रुपैयाँ मूल्य बराबरको अनर च्वाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्नेछन् ।

स्मार्टफोन फोटोग्राफी र स्मार्ट एआई अनुभवलाई नयाँ स्तरमा पुर्‍याउन तयार गरिएको अनर ६०० सिरिजमा एआई इमेज टु भिडियो २.०, उन्नत एआई सम्पादन सुविधाहरू तथा फ्ल्यागशिप स्तरको क्यामेरा प्रणाली समावेश गरिएको छ ।

अनर ६०० फाइभजी मा ७,००० एमएएच सिलिकन– कार्बन ब्याटिֿ«, स्न्याप्ड«य्गन ७ जेन ४ प्रोसेसर र आकर्षक एमोलेड डिस्प्ले रहेको छ, जसले दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङका लागि सहज र भरपर्दो प्रदर्शन प्रदान गर्छ।