
काठमाडौं । सेयर बजारमा ३० अंकको गिरावट आएको छ ।
साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा कायम भएको हो ।
यसअघिका तीन कारोबार दिन पनि नेप्से लगातार संकुचित बनेको थियो ।
आज नेप्सेमा कुल ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने नेप्सेमा कुल ३ अर्ब ८ करोड माथिको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।






प्रतिक्रिया