
विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र लुटपाटपछि आगजनी हुँदा भवनसहित करोडौँ मूल्यका व्यापारिक सामान खरानी भएको थियो ।
एघार महिना लगाएर भवनको पूर्ण मर्मत गरी शनिबारदेखि सञ्चालनको आवश्यक तयारी गरिएको भाटभटेनी विराटनगर शाखाका व्यवस्थापक परशुराम तिम्सिनाले बताए ।
त्यसका लागि सोमबार पूजापाठ गरेर भवनमा व्यापारिक सामान राख्ने काम सुरु भएको तिम्सिनाले बताए । यो शाखामा कार्यरत करिब दुई सय कामदारलाई बन्द अवधिभर कम्पनीले नियमित तलब उपलब्ध गराएर पुनः काममा फर्काएको छ ।
भाटभटेनीको विराटनगर शाखा खुलेपछि एकै व्यापारिक थलोबाट उपभोक्ताले हरेक सामान खरिद गर्न सक्ने र सीमावर्ती जोगवनी बजार धाउन नपर्ने बताइएको छ ।






प्रतिक्रिया