गणेश नेपालीको मृत्युपछि विश्वप्रकाशको प्रश्न: रवि लामिछाने ठिकठाक भइरहेको दृश्य हो यो ?

1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाह र सत्तारूढ रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल एक्समा आज प्रधानमन्त्री बाले शाह र रास्वपा सभापतिलाई मेन्सन गर्दै उपसभापति शर्माले सरकार आशको नभई त्रासको प्रतीक बन्दै गएको आरोप लगाएका हुन् ।

गणेश नेपालीको आत्मदाहको घटनालाई लिएर उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिक फ्रस्टेसन’ को प्रतिनिधि रूप हो गणेश नेपालीको आत्मदाह ! हामी पुराना गएर, नयाँ’ आएपछि पनि समाजमा ‘होप क्रिएट’ किन हुन सकिरहेको छैन, गहिराइमा गहन दृष्टि जरूरी छ !’

उनले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्, समाजमा आशा मर्‍यो भने विश्वास जीवित रहन्न ।’

हिजो प्रेम आचार्यलाई जीवनको आशमा बाँध्न नसकेको स्मरण गर्दै शर्माले अहिलेको छोटो समयमै नागरिकमा किन यति धेरै निराशा छ भनी प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘आज गम्भीर `फ्रस्टेसन´ किन यति छोटो समयमा ? सब ठिकठाक भइरहेको छ, हिजो हाम्रा शीर्षले सोचे परिणाम नकारात्मक निक्लियो ।’
रास्वपा सभापति लामिछानेलाई प्रश्न गर्दै उनले थपेका छन्, ‘रवि लामिछाने ठिकठाक भइरहेको दृश्य हो यो ? सरकार आशको होइन त्रासको प्रतीक किन बन्दैछ?’