उर्जामन्त्री, एडीबीका अध्यक्ष र नर्वेली राजदूतले गरे २ सबस्टेशन उद्घाटन

0
Shares

काठमाडौं । देशको विद्युत् प्रसारण प्रणालीलाई थप सुदृढ, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यका साथ निर्माण सम्पन्न भएका मुलपानी १३२ केभी र मार्कीचोक २२० केभी सबस्टेशनको उद्घाटन गरिएको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठ र एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्डा र नेपालीका लागि नर्वेली राजदूतको उपस्थिति रहेको थियो । नेपाल भ्रमण रहेका एडिबिका अध्यक्ष कान्डा र उर्जामन्त्री श्रेष्ठबीचमा सोमबार उक्त कार्यक्रमा भेट भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलपानी १३२ केभी र मार्कीचोक २२० केभी सबस्टेशन सञ्चालनमा आएसँगै नेपालको विद्युत् प्रसारण प्रणाली थप मजबुत, भरपर्दो र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले विद्युत् प्रसारण पूर्वाधारको विस्तारले विद्युत् आपूर्तिको गुणस्तर सुधार्नुका साथै बढ्दो ऊर्जा माग व्यवस्थापन र भविष्यका उत्पादन परियोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा भइरहेको लगानी र आधुनिक पूर्वाधार विकासले नेपालको ऊर्जा सुरक्षालाई थप सुदृढ बनाउने उल्लेख गर्दै यसले आर्थिक समृद्धि, औद्योगिक विकास तथा दिगो विकासका लक्ष्य हासिल गर्न समेत महत्वपूर्ण योगदान पु¥याउने धारणा राखे । उनले सरकार ऊर्जा पूर्वाधार विस्तार, प्रसारण प्रणालीको आधुनिकीकरण तथा भरपर्दो विद्युत् आपूर्तिमार्फत ‘समृद्ध नेपाल’ निर्माणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको समेत बताए ।