
काठमाडौं । आफ्नै सरकारको आलोचना गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूले दिने भिव्यक्तिमा सेन्सरसिप लगाएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाकै सांसदहरुले सरकारको आलोचना गर्दै कार्यसम्पादनमा असन्तुष्टि जनाएका थिए । सो पश्चात् रास्वपाले आफ्ना सांसदहरुले बोल्ने अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षप गर्ने भएको हो ।
अब रास्वपाका सांसदहरूले संसदमा उठाउने विषय समेत एक दिनअघि नै सचेतकद्वय क्रान्तिशिखा धिताल वा प्रकाशचन्द्र परियारलाई पठाएर स्वीकृत लिनुपर्नेछ ।
रास्वपा सचेतक क्रान्तिशिखा धितालले सांसदहरुलाई म्यासेज पठाउँदै, ‘अबदेखि शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने आफ्नो सामग्री अनिवार्य रूपमा मलाई (क्रान्तिशिखा) तथा सचेतक प्रकाशचन्द्र परियारज्यूलाई एक दिन अगाडि नै पठाइदिनुहुन अनुरोध गर्दछु।’
सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदे सरकारको कार्यसम्पादन कमजोर भएको र कतिपय विषयमा सरकारले जिम्मेवारपूर्ण काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।






प्रतिक्रिया