
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलविरुद्ध बिहीबार तेस्रो पटक म्याद थप गरिएको हो ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त अनुमति दिएको हो ।
यसअघि उनलाई असार ९ गते सात दिन र असार १५ गते तीन दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको थियो ।
पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमायाले असार १० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् जसमाथि अहिले सुनुवाइ भइरहेको छ ।
न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले यो मुद्दा हेरिरहेको छ।
यसअघि मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले व्यापारी दिपक भट्ट र सुलभ अग्रवाल लगायत जोडिएका सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर तथा धितोपत्र सम्बन्धी मुद्दाका फाइलहरू अध्ययनका लागि मगाउने आदेश दिएको थियो ।






प्रतिक्रिया