
काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धक (जीएम) पदमा हिक्मतबहादुर रावल नियुक्त भएका छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठक मार्फत कैलालीका रावललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा रावललाई नियुक्त गरिएको हो ।
यसअघि मन्त्रालयले खुला आवेदन मार्फत १० जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निकट रावलले रविसँगै लामो समय काम गरेका थिए ।
रवि न्यूज २४ टेलिभिजनमा सुदूरपश्चिम ब्युरो प्रमुखको रूपमा काम गरेका रावलले लामिछाने ग्यालेक्सी टेलिभिजन गएपछि त्यहाँ पनि ब्यूरो प्रमुख भएका थिए । उनले बीबीसी नेपाली सेवामा समेत अनुभव सँगालेका छन्।






प्रतिक्रिया