
काठमाडौं । सरकारले अर्थ सम्बन्धी केही कानूनलाई संशोधन र खारेज गर्नुपर्ने विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
असार १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा बसेको मन्त्रिपरिषद्ले यो सहित विभिन्न ९ वटा निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यी हुन् बैठकका मुख्य निर्णयहरू
१. अर्थ मन्त्रालय: अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्नुपर्ने विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने।
२. कानुन मन्त्रालय: ‘एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जरभेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिडिक्सन’ लाई अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति दिने ।
३. गृह मन्त्रालय: नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गर्ने ।
४. पूर्वाधार विकास मन्त्रालय: विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का (धनकुटा) लाई नियुक्त गर्ने।
५. भूमि मन्त्रालय: कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
६. शिक्षा मन्त्रालय: शिक्षा दशौं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
७. सञ्चार मन्त्रालय: गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मतबहादुर रावल (कैलाली) लाई नियुक्त गर्ने।
८. सञ्चार मन्त्रालय: सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्त गर्ने।
९. राष्ट्रिय सदाचार नीति २०८३ र राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने।






प्रतिक्रिया