
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्बन्धी विशेष निर्देशिका जारी गरेको छ ।
आइतबारबाट सुरु भएको महाधिवेशनमा अझै बन्दसत्र सुरू हुन सकेको छैन । प्रतिनिधि चयनमा देखिएको विवाद समाधानपछि आजै १ बजेबाट बन्दसत्र सुरू गर्ने रास्वपाको तयारी छ ।
सोमबार प्रकाशित सूचना अनुसार, निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन प्रस्तावक र समर्थकका सम्बन्धमा नयाँ मापदण्ड तय गरिएको हो।
नयाँ व्यवस्था अनुसार महाधिवेशन प्रतिनिधिमध्येबाट कसैको प्रस्तावक वा समर्थक बनेका व्यक्तिहरू आफैँ उम्मेदवार बन्न पाउने छैनन् । आयोगले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारका लागि १ प्रस्तावक र २१ समर्थक तथा कार्यपालिका सदस्यका लागि १ प्रस्तावक र ११ समर्थक हुनुपर्ने नियम तोकेको छ।
साथै, एक व्यक्तिले एक पटक मात्र प्रस्तावक वा समर्थकको भूमिका निर्वाह गर्न पाउनेछन् । विवरण अपूर्ण भएका वा दोहोरिएका प्रस्तावक/समर्थक भएमा त्यस्तो उम्मेदवारी स्वतः रद्द हुने चेतावनी समेत आयोगले दिएको छ ।








प्रतिक्रिया