वाणिज्य बैंकको बानेश्वर शाखामा सुन धितो राख्नेले गरे प्रदर्शन, भदौ २४ मा लुटिएको थियो १८ किलो


काठमाडौं । सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएकाहरूले प्रदर्शन गरेका हुन् ।

२०८२ भदौ २४ मा जेनजी बिद्रोहका क्रममा बानेश्वर शाखाबाट १८ केजी सुन चोरी भएको थियो ।

धितो राख्नेहरूले आफ्नो सुन नै फिर्ता चाहिने माग राख्दै प्रदर्शन गरेका हुन् । तर, बैंकले सेवा शुल्क कटाएर थोरै रकम फिर्ता लिन भनेको पीडितहरूको आरोप छ ।

वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट त्यतिबेलाको बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद चोरी तथा लुटपाट भएको थियो ।

प्रदर्शनकारीले ५ करोड रुपैयाँभन्दा बढी नगद र १८ किलोभन्दा बढी सुन लुटपाट गरेका थिए ।

बैंकको नयाँ बानेश्वर शाखमा रहेको भल्टसम्म पुग्गे आइरन गेटनै फोडेर उक्त लुटपाट भएको थियो ।

२४ भदौको जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाट प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये यादवको साथबाट करिब चार लाख रुपैयाँ नगद र केही मात्रामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

Skip This