देशलाई नयाँ दिशामा लैजाने अवसर रास्वपालाई: उपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा रहेका विकृति विसंगतिलाई त्यही छाडेर नयाँ दिशामा लैजाने अवसर रास्वपालाई मिलेको बताएका छन् ।

आइतबारबाट चितवनमा सुरु भएको रास्वपाको पहिलो महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले संविधानमा संघीयता, धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण व्यवस्था समेटिए पनि अझै धेरै कुरा अपूर्ण रहेको बताए ।

रास्वपाको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानभित्र नै केही विरोधाभास रहेको तर्क गरे ।