मधेशीको छोरा प्रधानमन्त्री बनाउने सपना रास्वपाले पूरा गर्‍यो: राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशीको छोरा प्रधानमन्त्री बनाउने सपना रास्वपाले पूरा गरेको बताएका छन् ।

आइतबार रास्वपाको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै राउतले प्रधानमन्त्री बालेन्द्र अलग्गै खालको मान्छे भएको बताए ।

प्रधानमन्त्रीको प्रशंसा गर्दै उनले समस्या समाधान गर्ने व्यक्ति भएको बताए । साथै, उनले पार्टी सभापति रवि लामिछानेको त्याग र तपस्याका लागि ताली बजाउन पनि अधिवेशनस्थलमा उपस्थितहरूलाई अनुरोध गरे । राउतले रास्वपा सभापति रवि लामिछाने बीपी कोइरालापछिका त्यस्ता नेता भएको र उनले देशलाई डोर्‍याउन सक्ने क्षमता राख्ने बताए ।