एकैदिन १० हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

4.2k
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन १० हजार ५ सय रुपैयाँले घटेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ कायम थियो । 

शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ३ सय ५ रुपैयाँ गिरावट भएको छ ।

Skip This