टीभीएस जुपिटर किन्दा ९ महिनासम्म पेट्रोल निःशुल्क, मासिक किस्ता २ हजार ८९९ मात्र

91
Shares

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ‘अल न्यु टीभीएस जुपिटर बीएस–६’ का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ ।

दैनिक यात्रामा बढ्दो पेट्रोल खर्चको चिन्तालाई सम्बोधन गर्ने उद्देश्यले कम्पनीले पेट्रोलको टेन्सन ? अब टीभीएस जुपिटर सोलुसन भन्ने मुख्य सन्देशसहित यो आकर्षक योजना ल्याएको हो ।

यस अभियान अन्तर्गत नयाँ टीभीएस जुपिटर खरिद गर्ने ग्राहकले ९ महिनासम्मका लागि निःशुल्क पेट्रोल प्राप्त गर्नेछन् ।

दैनिक प्रयोगका लागि किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरिएको टीभीएस जुपिटरले ६० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

उत्कृष्ट माइलेज, आरामदायी राइडिङ अनुभव र आधुनिक डिजाइनका कारण यो स्कुटर नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै कम्पनीले मात्र २ हजार ८९९ रुपैयाँ मासिक किस्तामा स्कुटर उपलब्ध गराउने वित्तीय सुविधा समेत ल्याएको छ ।

अभियानका बारेमा जानकारी दिँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले जगदम्बा मोटर्सले सधैं नेपाली ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यावहारिक र मूल्यवान सेवाहरू उपलब्ध गराउँदै आएको बताए ।

अहिलेको समयमा पेट्रोल खर्च धेरै ग्राहकका लागि दैनिक चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले टीभीएस जुपिटरको उत्कृष्ट माइलेज र सहज फाइनान्सिङ सुविधामार्फत ग्राहकलाई राहत र विश्वास दिन यो योजना ल्याइएको जानकारी दिए ।

आधुनिक नेपाली परिवार, कार्यालय जाने कर्मचारी तथा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त मानिएको टीभीएस जुपिटरमा लाइफटाइम वारेन्टीको सुविधा समेत उपलब्ध छ ।

स्टाइलिस लुक्स र भरपर्दो कार्यक्षमता भएको यो स्कुटरले दैनिक यात्रालाई सहज बनाउने विश्वास कम्पनीले लिएको छ । यो विशेष अफर नेपालभर रहेका आधिकारिक टीभीएस शोरुमहरूमा सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।