यी हुन् बालेन सरकारले गरेका ४ निर्णय

7
Shares

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले विभिन्न ४ वटा निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यी विभिन्न ४ निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

निर्णयहरू

१. सुरुमा, युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्रामबाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने।

२. सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने।

३. २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिनले थप गर्ने।

४.भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा. रोना श्रेष्ठ (काठमाडौँ) लाई नियुक्त गर्ने ।