
काठमाडौं । सरकारले आरोहण नभएको हिमालको नाम मौलिक नेपाली राख्ने र आरोहणको लागि प्रोत्साहन गरेर प्रवद्र्धन गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै जारी गरेको आगामी आथिर्क वर्ष २०८३-८४ को बजेटमार्फत नेपालका अरोहण नभएका हिमालको प्रवद्र्धन गर्ने घोषणा गरको हो ।
यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।
नागरिक उड्डयनलाई २ अर्ब बजेट दिएका छन भने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्न ७ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको घोषणा पनि गरेका छन् ।





प्रतिक्रिया