
काठमाडौं । अनलाइनमार्फत ट्राफिक जरिवाना तिर्ने सेवा केही समयका लागि अवरुद्ध हुने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालनमा रहेको राजस्व व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक मर्मत सम्भार गर्नुपर्ने भएकाले अनलाइनमार्फत ट्राफिक जरिवाना तिर्ने सेवा असार १५ गते शुक्रबारदेखि अवरुद्ध हुने भएको हो ।
नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार २०८३ साल असार १५ गते शुक्रबार दिनको ३:३० बजेदेखि यो सेवा अवरुद्ध हुनेछ ।
प्रणालीको मर्मत सम्भारका लागि न्यूनतम ४ (चार) घण्टादेखि अधिकतम १४ (चौध) घण्टासम्म समय लाग्न सक्ने जानकारी दिइएको छ।
उक्त मर्मत अवधिभर ‘अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणाली’ प्रयोगमा अवरोध हुने भएकोले सो समयमा सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाका लागि नेपाल प्रहरीले क्षमाप्रार्थी व्यक्त गरेको छ ।
थप जानकारी वा सहयोगका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ वा प्रहरी सम्बन्धी गुनासोका लागि १११३ मा सम्पर्क गर्न सकिनेछ।





प्रतिक्रिया