वीरगञ्जमा पक्राउ परेका दुर्गा प्रसाईंमाथिको अनुसन्धानका लागि म्याद थप

483
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं विरुद्ध दुई टा कसुरमा म्याद तीन दिन म्याद थप गरिएको छ ।

मंगलबार प्रहरीले जिल्ला अदालत पर्साबाट विद्युतीय कारोबार ऐन (साइबर अपराध) तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो ।

प्रहरीका अनुसार प्रसाईंले सामाजिक सञ्जालमार्फत विभिन्न अभिव्यक्ति दिएका थिए। प्रहरीद्वारा जारी विज्ञप्तिमा ती अभिव्यक्तिले सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध घृणा तथा द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबीचको सामाजिक सद्भाव बिगार्ने तथा सरकार र सरकारी कामकारबाहीप्रति अवहेलना र अस्वस्थ आलोचना गरेको आरोप लगाइएको छ।

प्रसाईंलाई सोमबार राति वीरगञ्जस्थित सिद्धार्थ दियाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।