
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उपत्यकाभर सञ्चालनमा रहेका ९५ शैक्षिक परामर्श केन्द्रमा छापा मारेर ६९ जनालाई नियन्त्रणमा लिएको थियो । विदेश अध्ययनका नाममा ठगी गरेको उजुरीपछि कारबाही गरिएको प्रहरीले जनाएको थियो ।
नियन्त्रणमा लिइएकामध्ये ५९ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएकोमा २५ जनाविरुद्ध मात्रै म्याद थप गरिएको छ ।
परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार २३ जनाविरुद्ध शिक्षा ऐन र २ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
अन्य ३४ जना भने दर्ता प्रक्रिया अधुरो रहेको अवस्थामा सञ्चालन गरेको पाइएपछि प्रक्रिया पूरा गर्न निर्देशनसहित छाडिएको प्रहरीले जनाएको छ । प्रहरीले बिना इजाजत तथा नवीकरण नगरी शैक्षिक परामर्श, भाषा कक्षा र पूर्वतयारी कक्षा सञ्चालन भइरहेको गुनासोका आधारमा कारबाही अघि बढाएको बताएको छ ।









प्रतिक्रिया