राष्ट्रपतिले बोलाए संघीय संसदको दुवै सदनको अधिवेशन

245
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख २८ गते सोमबारका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को वैशाख २२ गतेको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले उक्त अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

संघीय संसदको दुवै सदनको अधिवेशन संवत् २०८३ साल वैशाख २८ गते सोमबार दिनको १४:०० (दिउँसो २) बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्नेछ । सरकारले बजेट अधिवेशनका लागि संसदको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले संसद बोलाएका हुन् ।