४ दिनपछि बढ्यो नेप्से

28
Shares

काठमाडौं । अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंककको सुधार देखिएको छ । आज नेप्से परिसूचक ८.७८ अंकले बढेर २,७१२.८६ विन्दुमा कायम भएको हो ।

आज ३३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३, म्युचुअल फन्ड ०.४४ र अन्य समूह ०.०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैंकक ०.०४, वित्त ०.१२, होटल तथा पर्यटन ०.०५, लघुवित्त ०.२१ र निर्जीवन बिमा समूह ०.१२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।