भारी वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

112
Shares

काठमाडौं । गए राति परेको भारी वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा बीपी राजमार्ग क्षतिग्रस्त भएको छ ।

सडकका विभिन्न खण्डमा क्षति पुगेपछि अहिले यस राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिकूल मौसम र वर्षाले सडकमा क्षति पुगेकाले वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।