यस्ता प्रदेशमा बर्षाको सम्भावना

119
Shares

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ ।

कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा कोशीका धेरै स्थानहरुमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरु तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागमा एकदुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशका हिमाली र पहाडी भाग तथा गण्डकी प्रदेशको पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।