मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने प्रहरी अख्तियारको नियन्त्रणमा

203
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीमा कार्यरत एक प्रहरी कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीअन्तर्गत मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई रंगेहात पक्राउ गरिएको हो।

घुस रकमसहित नियन्त्रणमा लिइएका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।