रास्वपा सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जिओ गोरबीच भेटवार्ता

133
Shares

काठमाडौं । भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग बिहीबार भेटवार्ता गरेका छन् ।

लामिछाने र गोरबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको बताइएको छ ।

केही दिनअघि नेपाल भ्रमणमा आएका बेलामा पनि गोरले रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गरेका थिए ।

गोर भारतको मात्र नभई दक्षिण एसिया र मध्य एसियाका लागि अमेरिकाका विशेषदूत पनि हुन् ।

भारत भ्रमणमा रहेका नेपाली नेतालाई भारतका लागि अमेरिकी राजदूतले भेट गरेको यो पहिलोपटक हो ।