जनकपुर आएका भारतीय पीठाधीश रामभद्राचार्यले भने: बालेनलाई कसले सम्झाउने ?


काठमाडौं । प्रसिद्ध कथावाचक एवं भारतको तुलसी पीठका पीठाधीश जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्णरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन् ।

जनकपुरधाममा जानकी नवमीको अवसरमा भ्रमणका लागि आएका उनले नेपालले विशेषगरि चीन र अमेरिकामाथि कहिल्यै निर्भर हुन नहुने बताए।

उनले प्रधानमन्त्री वालेन्द्र शाहको आलोचनासमेत गरे । बालेनको रवैया राम्रो नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री बालनेको मन भारतविरोधि हुनु नहुने भन्दै भारतप्रति उनको दृष्टि राम्रो नरहेकोसमेत आरोप लगाए । हिन्दुत्वप्रति बालेनमा प्रेम नदेखिएको रामभद्राचार्यको टिप्पणी छ ।

प्रधानमन्त्री शाहसँग राजनीति र गाम्भीर्यको अनुभव कम रहेको उनले बताए । ‘बालेन्द्रलाई कसले सम्झाउने कसले ?,’ उनले भने, ‘अहिले युवक छन् राजनीतिप्रति अनुभव र गार्भीर्यता बालेनमा छैन ।’

नेपालमा राजसंस्थाको आवश्यकता रहेको बताउँदै रामभद्राचार्यले अत्याधिक धर्मान्तरण भइरहेकोमा पनि चिन्ता व्यक्त गरे ।

भारत र नेपाल मिलेर एक महाशक्तिको आदुर्भाव गर्नुपर्ने उनको भनाइ छ।