जेनजी आन्दोलन: सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गर्ने सरकारको निर्णय


काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारले गत भदौ २३ र २४ गतेको घटनामा सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सदस्यमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई रहेका छन् ।

यसअघि सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसलाई तत्लकालै कार्यान्वयनमा लैजाने निर्णय गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो भने सुरक्षकर्मीको हकमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।

Skip This