फेरि सुरु भयो इजरायलसहित ४ देशको पुनः श्रम स्वीकृति


काठमाडौं । वैदेशिक रोजगार विभागले यसअघि रोकिएका इजरायल, कुवेत, बहराइन र लेबननका लागि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ ।

मन्त्रालयको गत चैत ३० गतेको निर्णयअनुसार यी चार देशमा पुनः श्रम स्वीकृति खुला गरिएको हो ।

यसअघि फागुन १७ गतेको निर्णयबाट साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि यस्तो सेवा सुचारु भइसकेको थियो।

इराकको हकमा भने मन्त्रिपरिषद्को पुस ११ को निर्णय बमोजिम श्रम स्वीकृति दिइने विभागले जनाएको छ ।

Skip This