दाङको तुलसीपुरमा सेयर ब्रोकरको शाखा छिट्टै
काठमाडौं । सेयर ब्रोकर कम्पनी कालिका सेक्युरेटिजले निकट भविष्यमै दाङको तुलसीपुरमा छिट्टै शाखा खोल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले कालिकालाई शाखा खोल्नका लागि पूर्वाधार तयार गर्न भनेपछि उक्त कम्पनीले तुलसीपुरमा सेयर सचेतना कार्यक्रम सञ्चालनसमेत गरेको छ ।
‘हामी चाँडैनै तुलसीपुरमा शाखा खोल्दैछौं,’ कालिका सेक्युरेटिजका प्रमुख नरेन्द्र सिँजापतिले भने, ‘हामीले यहाँ पूर्वाधार पनि तयार गरिसकेका छौं । र, लगानीकर्ता सचेतना कार्यक्रम पनि सञ्चालन गरेका छौं ।’
बुधबार भएको उक्त एक दिने सचेतना कार्यक्रममा १०० जनाभन्दा बढीको सहभागीता रहेको सिँजापतिले जानकारी दिए ।
सिँजापती र राजकुमार तिमिल्सिनाले प्रशिक्षण दिएका थिए । कालिकाले यसअघि नेपालगञ्जमा पनि शाखा सञ्चालनमा ल्याइसकेको छ ।