हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने

119
Shares

काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थापक समूहको १० प्रतिशत सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकका अनुसार आइतबार बसेको सञ्चालक समितिको ४९३औं बैठकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्था अनुसार १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बैंकले हाल कायम रहेको पुँजीको आधारमा यो प्रक्रिया सुरु गर्न लागेको हो । यसका लागि आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित नियामक निकायहरू (नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड लगायत) बाट स्वीकृति प्राप्त भएपछि मात्र संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने बैंकले जनाएको छ ।

बैंकले यस निर्णयबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत औपचारिक पत्रमार्फत जानकारी गराइसकेको छ । यो प्रक्रिया सम्पन्न भएपछि बैंकको सेयर संरचनामा परिवर्तन आउनेछ र बजारमा सर्वसाधारण सेयरको हिस्सा बढ्नेछ ।