कुमार बेन प्रधानमन्त्री बालेनको प्रमुख र असिम शाह राजनीतिक सल्लाहकार नियुक्त

0
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालयको टिम गठन प्रक्रिया सुरु गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सल्लाहकारदेखि प्रशासनिक संरचनासम्मको प्रारम्भिक टोली सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री शाहले आफ्नो प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन् । बेन लामो समयदेखि शाहका रणनीतिक सहयोगीका रूपमा कार्यरत छन् । यस्तै, राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन् ।

सचिवालयको मुख्य स्वकीय सचिवमा सुवास शर्मा र प्रशासन प्रमुखमा सुदिप ढकाललाई जिम्मेवारी दिइएको छ । सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन् भने सरकारी सचिवालयतर्फको नेतृत्व सहसचिव प्रदीप परियारले गर्ने भएका छन् ।

शुक्रबार नै वैदिक विधिअनुसार शपथ ग्रहण गरेपछि प्रधानमन्त्री शाह बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् ।