आज सुनको मूल्य ५ हजार ४ सयले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

301
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ५ हजार ४०० रुपैयाँ र चाँदी १४० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ।

हिजो बुधवार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ कायम भएको थियो । गत मंगलबार एक तोला छापावाल सुन ३ लाख ९ हजार ९०० र एक तोला चाँदी ५ हजार ३३५ कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Skip This