
काठमाडौं । प्रतिनिधि सभामा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका महावीर पुनले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।
उनले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनका क्रमा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको छ ।
सबैभन्दा कम रकम मतदाता नामावली खरिदमा खर्च भएको छ, जसको रकम ३,००० रुपैयाँ हो । सबैभन्दा बढी खर्च प्रचारप्रसार टोलीको खाना र होटलमा भएको छ, जसमा १३,०७,६१९ रुपैयाँ खर्च भएको पुनले निर्वाचन आयोगमा पेस गरेको विवरणमा उल्लेख गरिएको छ । यस चुनावमा ३० जनाको टोली परिचालित थियो ।
यातायात र मर्मतमा ६ लाख ६० हजार ९९८ रुपैयाँ, डिजेलमा ३ लाख ६० हजार ४९९ रुपैयाँ, प्रचारप्रसार सामग्री खरिदमा २ लाख ९० हजार ५७५ रुपैयाँ र चालक ज्यालामा १ लाख ४० हजार रुपैयाँ खर्च भएको विवरण छ ।
मनोनयन दर्तामा १० हजार स्टेसनरीमा २५ हजार ३०० र विविध खर्चमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको छ ।
स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
पुनले निर्वाचनमा गरेको खर्च रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लगायतका उम्मेदवारको भन्दा बढी रहेको छ ।
चितवन-२ बाट उम्मेदवार बनेका रवि लामिछानेले ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन् भने बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका हुन् । बालेनले झापा ५ बाट एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई हराएका छन । वालेन झापा ५ बाट ६८ हजार ३४८ मतका साथ विजयी भएका छन् ।







प्रतिक्रिया