
काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा सुन सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य दुई हजार ८०० ले र चाँदीको मूल्य २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४९५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो बिहीबार एक तोला सुन तीन लाख १७ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार ५१५ रुपैयाँ मा कारोबार भएको थियो । गत बुधबार तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो ।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४१० रुपैयाँ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया