
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुधन गुरूङ पछि परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक मोडमा पुगेको हो ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले झिनो मतान्तरले अग्रता लिएका छन् । खत्रीले हालसम्म ४ हजार २६३ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले कडा टक्कर दिइरहेका छन् । गुरुङले ४ हजार २५९ मत पाएका छन् ।
त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीको २ हजार २८१ मत र नेकपा एमालेका आरसी लामिछानेको ६७५ मत छ ।








प्रतिक्रिया