
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टीले खाता खोलेको छ । खोटाङबाट पार्टीका उम्मेदवार आरेन राई भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राईको यो जितसँगै श्रम संस्कृति पार्टीले पहिलो पटक संसदमा आफ्नो उपस्थिति सुनिश्चित गरेको छ ।
राईले १६ हजार ६१२ मत प्राप्त गरे । उनले नेकपा (एमाले) का उम्मेदवार देवबिक्रम राईलाई ३ हजार ८९८ मतान्तरले पराजित गरेका हुन् । पराजित एमालेका राईले १२ हजार ७१४ मत प्राप्त गरे ।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राई ११ हजार ९५७ मतका साथ तेस्रो स्थानमा रहेका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया