सम्पूर्ण अपडेट

कञ्चनपुर–२ मा एनपी साउदलाई हराउँदै रास्वपाका दीपक बोहरा निर्वाचित

84
Shares

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहरा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बोहराले नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदलाई निकै ठूलो मतान्तरले पराजित गर्दै सानदार जित हासिल गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार विजयी बोहराले ३३ हजार ९५२ मत प्राप्त गरे । कांग्रेसका साउदले १० हजार ८२७ मत मात्र पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार बचनबहादुर सिंह ६ हजार ४१८ मतका साथ तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद पन्तले ६ हजार ३३७ मत प्राप्त गरे ।