
काठमाडौं । ललितपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्ध रत्न महर्जन निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएका ४७ वर्षीय महर्जनले २३,३७३ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जंगबहादुर राणालाई महर्जनले ९,८५३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । कांग्रेसका राणाले १३ हजार ५२० मत प्राप्त गरे ।
त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार चेतनाथ संजेल ६,५४६ मतका साथ तेस्रो स्थानमा रहे ।








प्रतिक्रिया