सम्पूर्ण अपडेट

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार भारी मतान्तरले विजयी

70
Shares

काठमाडौं । बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । युवा उम्मेदवार सुनारले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार सुनारले २९ हजार ५५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन् । सुनारले मल्ललाई ९ हजार ९३६ मतान्तरले पछि पारे ।