
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई झण्डै ५ हजार मतान्तरले पराजित गर्दै रास्वपाकी उम्मेदवार कोमल ज्ञवाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
अन्तिम मतपरिणाम अनुसार ज्ञवालीले १७ हजार ८६२ मत प्राप्त गरिन् । कांग्रेसका चौधरीले १२ हजार ८६७ मत पाएका छन् । ज्ञवालीले चौधरीलाई ४ हजार ९९५ मतान्तरले पछि पार्दै संसदको यात्रा तय गरेकी हुन्।
२०७९ को निर्वाचनमा यहाँबाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् ।








प्रतिक्रिया