
झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाएका छन् ।
शनिबार बिहान ९ बजेसम्म ६२ हजार १०० मत गणना हुँदा घण्टी चुनाव चिह्नका उम्मेदवार बालेनले ३९ हजार २८४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन् । बालेनले ओलीसँगको मतान्तर २८ हजार ९९१ पुर्याएका छन् ।
यसैगरी समिर तामाङ (माटो)– ६ हजार ३२४
मन्धरा चिमोरिया (रुख) – १ हजार ९६
रञ्जित तामाङ (तारा) – ९४१ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा १ लाख ६ हजार बढी मत खसेको छ ।








प्रतिक्रिया