सम्पूर्ण अपडेट

पश्चिम रुकुममा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पछि परे, नेकपाले बनयो २१ सय मतको अग्रता

602
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिममा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पछि परेका छन् । सुरूआती अग्रता लिएका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले उछिनेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले ७ हजार २७२ मतका साथ आफ्नो अग्रतालाई मजबुत बनाएका छन् । उनलाई पछ्याइरहेका जनार्दन शर्मा ५ हजार १६० मतका साथ दोस्रो स्थानमा छन् । अहिलेसम्मको नतिजा अनुसार जनार्दन शर्मा २ हजार ११२ मतान्तरले पछाडि परेका हुन् ।

त्यहाँ नेपाली कांग्रेसका राजु केसीले ४ हजार ८४२ मत पाउँदा रास्वपाका मानबहादुर शाही चौथो र एमालेका नन्दराम देवकोटा पाँचौँ स्थानमा छन् ।