सम्पूर्ण अपडेट

म्याग्दीमा डा. महावीर पुनको सानदार जित

322
Shares

काठमाडौं । म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन भारी मतान्तरका साथ निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनले आफ्नो जन्मथलोमा आएर पहिलो पटक संसदीय निर्वाचनमा जित हासिल गरेका हुन् ।

डा. पुनले २२ हजार ८५० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे । पुन र श्रेष्ठबीचको मतान्तर १४ हजार ९३१ रहेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा ३ हजार ५२९ मतमा सीमित भए । म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा क्षेत्रको आमूल सुधारका लागि नीतिगत पहल गर्ने मुख्य एजेन्डाका साथ पुन निर्वाचनमा होमिएका थिए । उनले आफ्नो प्रतिबद्धतापत्रमा विदेशमा रहेका नेपाली नागरिकहरूलाई पनि मताधिकारको व्यवस्था मिलाउने कानुन निर्माणमा जोड दिने उल्लेख गरेका छन् ।

पुनलाई म्याग्दीमा उम्मेदवार नउठाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग गरेको थियो ।